काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुनर्निर्माण भइरहेको असन सत्तल नेपाली सामाजिक चेतनाको विम्व भएको बताएका छन्।
केही वर्षअघि कोरोनाकालमा क्वारेन्टाइनमा बस्ने प्रचलन रहेको स्मरण गर्दै मेयर शाहले नेपालमा ३/४ सय वर्षअघि नै त्यसखालको चेतना आइसकेको उल्लेख गरेका छन्।
शुक्रबार असनस्थित सत्तलको पुनर्निर्मित भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भोटमा व्यापार गरेर फर्किएकाहरूका लागि सत्तलमा बस्ने र भोटाहिटीमा नुहाएर मात्रै घर जाने प्रचलन रहेको बताएका छन्।
कलात्मक शैलीको उक्त सत्तल आउँदो जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सत्तलको पुनर्निर्माण लागत २ करोड ४९ लाख ३७ हजार ५७२ रुपैयाँ रहेको मेयर शाहले जानकारी दिएका छन्।

प्रतिक्रिया