समाज


काठमाडौँसहित यी जिल्लामा वर्षा, सतर्क रहन आग्रह

काठमाडौँसहित यी जिल्लामा वर्षा, सतर्क रहन आग्रह

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार १६:२७, काठमाडौँ

हाल (सोमबार अपराह्न ४ बजे आसपास) काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाआसपास क्षेत्रमा वर्षा भइरहेको हो। 

यस्तै कोसी प्रदेशको सोलुखुम्बु जिल्ला आसपास तथा कर्णाली प्रदेशका जुम्ला र दैलेख जिल्ला आसपासका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम महाशाखाले जनाउको छ।

सोमबार अपराह्न ४:६ बजे चेतावनी जारी गर्दै महाशाखाले अगाडि भनेको छ: उक्त वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व सर्दै गरेकाले केही समयपछि उक्त स्थानहरूमा वर्षा हुने देखिएकाले सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad