संखुवासभाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै परेको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन्।
घाइते सबैको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेका अस्पतालले जनाएको छ।
144
Shares

प्रतिक्रिया