समाज


स्पेनको अवस्था चिन्ताजनक, कोरोना संक्रमित चीनमा भन्दा बढी

स्पेनको अवस्था चिन्ताजनक, कोरोना संक्रमित चीनमा भन्दा बढी

नेपालखबर
चैत १८, २०७६ मंगलबार ०:५०,

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या यो भाइरसको सुरुवात भएको चीनकाे भन्दा पनि माथि पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनमा कोरोन संक्रमितको संख्या ८७ हजार ९५६ पुगेको हो।

जुन यस भाइरसको उद्गमस्थल चीनको भन्दा धेरै हो। चीनमा यस्ता संक्रमितको संख्या ८१ हजार ४७० छ।

यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना संक्रमणले ९ सय १३ जनाको मृत्यु भएको छ। योसँगै यहाँ कोरोनाले मत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ।

स्पेनमा १० हजार त स्वास्थ्यकर्मी नै कोरोना भाइरसबाट संक्रमित भएका छन्। एक जना डाक्टरको मृत्युसमेत भइसकेको छ। यसले गर्दा स्पेनको अवस्था निकै चिन्ताजनक बनेको छ।

स्पेनमा कोरोना महामारी रोक्न लकडाउन मात्रै गरिएको छैन अन्तिम संस्कार गर्नसमेत प्रतिबन्ध लगाइएको छ। तैपनि संक्रमण नरोकिँदा स्पेन सरकार चिन्तामा परेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad