कुकुरलाई झुन्ड्याएर मार्ने दुईजना पक्राउ परेका छन्। रोल्पा लुंग्री गाउँपालिका-७ हार्जङ क्वाछिवाङमा कुकुरलाई रुखमा झुन्डाएर कुटपिट गर्दै मारेको भिडिओ खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने सुन्दर परियार र डम्मर पुनलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि अनुसन्धानका लागि रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
27
Shares

प्रतिक्रिया