समाज


शिक्षकसहित जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थाक्रे गाउँपालिकाको उर्दी

शिक्षकसहित जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थाक्रे गाउँपालिकाको उर्दी

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १७:१४, काठमाडौँ

धादिङको थाक्रे गाउँपालिकाले शिक्षकसहित जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन उर्दी जारी गरेको छ। 

गाउँपालिकाले सबै जनप्रतिनिधि, सबै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सबै शिक्षक अभिभावक संघका पदाधिकारी र सबै सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरुमा यो उर्दी जारी गरेको हो। 

गाउँपालिकाका वरिष्ठ विद्यालय निरीक्षक दुर्गा देवी खड्काले सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गरी पढाउन उक्त सबैमा उर्दी–पत्र जारी गरेकी हुन्।

गाउँ कार्यपालिकाको कार्यालयको ७ गते बसेको बैठकले सो निर्णय गरेको खड्काले बताइन्। 

उनले भनेकी छिन्, ‘यस थाक्रे गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८२ /०१/०७ गतेको १४०औँ बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो सन्ततिहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनुपर्ने निर्णय भएको हुँदा सोहीअनुसार गर्नु गराउनुहुन सबैमा जानकारीका लागि आदेशअनुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad