समाज


कश्मीर हमलामा मारिएका सुदीप न्यौपानेलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

कश्मीर हमलामा मारिएका सुदीप न्यौपानेलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

सरोज नेपाल
बैशाख १३, २०८२ शनिबार १३:४८, काठमाडौँ

भारत प्रशासित राज्य जम्मु-कश्मिरको पहलगाममा यही अप्रिल २२ तारिख भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेलाई न्याय माग्दै शनिबार काठमाडौँस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन गरिएको छ।

युवाहरूले सुदीप न्यौपानेको तस्बिर अंकित ब्यानर बोक्दै गरेको प्रदर्शनमा राप्रपाको ब्यानर पनि देखिएको थियो। 

विभिन्न नारा लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले घटनाका विषयमा मुस्लिम आयोग नबोलेको भनी टिप्पणी गरेका थिए। 

गत मंगलबार पहलगाममा आतंककारीले धर्म सोधी सोधी २६ पर्यटकलाई गोली हानेर मारेका थिए। तीमध्ये त्यहाँ घुम्न पुगेका रुपन्देही बुटवलका सुदीप न्यौपाने पनि मारिएका हुन्।

उक्त आतंकवादी हमलामा भारतले पाकिस्तानलाई दोष लगाउँदै उसविरुद्ध विभिन्न निर्णय गरेको छ भने जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध कूटनीतिक कदम चालेको छ। 

साथै उसले आफूलाई आरोप लगाउने काम बन्द गर्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको पनि बताएको छ।  

हेर्नुहोस् शनिबार काठमाडौँमा गरिएको प्रदर्शनका केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad