समाज


एमबीबीएसको सिट संख्या बढाए अनशन बस्ने डा. केसीको चेतावनी

एमबीबीएसको सिट संख्या बढाए अनशन बस्ने डा. केसीको चेतावनी

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १६:५७, काठमाडौँ

चिकित्सा शिक्षा सुधार अभियान्ता डा.गोविन्द केसीले एमबीबीएसको सिट संख्या नबढाउन सरकारलाई आग्रह गरेका छन्। 

भूकम्प प्रभावितको उपचार गर्न म्यानमार गएका डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै एमबीबीएसको सिट बढाउने चलखेल सुरु भए नेपाल आएर अनशन सुरु गर्ने चेतावनी समेत दिएका छन्। 

एमबीबीएसको सिट संख्या १ सयबाट बढाएर १५० पुर्‍याउने समाचारप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

एमबीबीएसको सिट हालको संख्या भन्दा एक सिट नबढाउन र निजी मेडिकल कलेजको श्रम शोषणबाट पीडित आवासीय चिकित्सकहरुको माग सम्बोधन गर्न र बिगतमा भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। 

अन्यथा नेपाल फर्किएपश्चात सत्याग्रह गर्न बाध्य हुने डा. केसीको भनाइ छ। चिकित्सा शिक्षा आयोगको वैशाख १५ गते बसेको १९ औँ बैठकले एमबीबीएसको सिट र शुल्क वृद्धि गर्न सकिने निर्णय गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad