सुन आयातको स्वीकृतिका लागि सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ।
राष्ट्र बैंकले आयातकर्तालाई सिफारिस शुल्क नदिन आग्रह गरेको हो।
बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सिफारिस लिँदा कुनै शुल्क नलाग्ने जनाएको छ।
बैंकले शुल्क नलाग्ने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्दै सिफारिस लिन आउने आयातकर्ता वा व्यवसायीलाई नि:शुल्क सेवा दिन समेत निर्देशन दिएको छ।
यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघले यस्तो सिफारिस दिँदा आयातकर्तासँग कार्यालय व्यवस्थापन शीर्षकमा २ देखि ३ हजार रुपैयाँसम्म शुल्क लिँदै आएको थियो।
राष्ट्र बैंकले अब त्यो पनि नलिन सूचनामार्फत निर्देशन दिएको हो।
66
Shares

प्रतिक्रिया