अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ।
नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ।
विजेताहरूले आगामी अक्टोबर १ देखि भिसा पाउन थाल्छन् र २०२६ सेप्टेम्बर अन्त्यसम्म लिइसक्नुपर्नेछ।
कानुनअनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन्।
डीभीका लागि थुप्रै नेपालीले पनि आवेदन दिएका छन्।
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डीभी खुला गरिएको थियो।
माथि उल्लिखित वेबसाइटमा डीभी भर्दा उपलब्ध कन्फर्मेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।
627
Shares

प्रतिक्रिया