गएको शुक्रबार खाल्टोमा दबिएर बेपत्ता भएको गाडीको अनुसन्धान गर्न भूगर्भविद्को टोली हेटौँडा आइपुगेको छ।
भूगर्भविद् नारायण अघिकारी र कृष्ण पाण्डेसहितको टोली आज बिहान घटनास्थलमा आइपुगेको हो।
स्थानीयले माछा पालन गर्दै आएको पोखरीको छेउबाट बनाइएको कच्ची सडकको हिलोमा फसेको ना.४ च ४८३३ नम्बरको डीआई गाडी गएको शुक्रबार साँझदेखि नै बेपत्ता छ।

हिलोमा फसेको गाडी निकाल्ने क्रममा अचानक खाल्टोमै दबिएर बेपत्ता भएको चालकले बताएका छन्।
माछाको दाना लिन हेटौँडा बजारतर्फ आउँदै गरेको गाडी खाल्टोमा दबिएर बेपत्ता भएको हो। दुईदिन खोजी गर्दा पनि गाडी फेला नपरेको
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त गाडीमा चालक र सहचालक सवार थिए। गाडी हिलोमा दबिँदै गएपछि उनीहरुले गाडीबाट निस्किएर ज्यान जोगाएका थिए। हिलोमा फसेको गाडी ५ सेकेन्डकै बीचमा खाल्टोमै हराएको उनीहरुले बताउँदै आएका छन्।

बोरिङको लागि खनिएको खाल्टो भासिएर गाडी बेपत्ता भएको हो।
Shares

प्रतिक्रिया