आफ्नो देशमा कोहीपनि कोरोना संक्रमित नभएका कारण उत्तर कोरिया कोरोनामुक्त देश भएको उत्तरका केन्द्रीय आपतकालीन महामारीविरुद्धको मुख्यालयका निर्देशक पाक म्योङ सुले बताए।
पाकले भने,‘हाम्रो देशमा अहिलेसम्म एकजना पनि कोरोना भाइरसबाट संक्रमित बनेका छैनन्।’
आफ्नो देशले कोरोना नियन्त्रणमा वैज्ञानिक विधि अपनाएको पाकको भनाइ छ। उनले भने,‘हामीले कोरोना नियन्त्रणमा वैज्ञानिक विधि अपनाएका छौं। देश प्रवेश गर्ने हरेक मानिसलाई क्वारेन्टिनको व्यवस्था गरेका छौं। आयात सामाग्रीलाई भाइरसमुक्त बनाएका छौं। सिमाना बन्द गरेका छौं, समुन्द्री र हवाई रुट पनि बन्द गरिदिएका छौं।’
हालसम्म विश्वभर ९ लाख ५० हजार ६३ जना कोरोनाबाट बिरामी परेका छन्। ४८ हजार २५९ को मृत्यु भइसकेको छ।
विश्वका प्राय सबै मुलुकमा कोरोनाको संक्रमण पुष्टि भएको छ। यद्यपी उत्तर कोरियाको आधिकारीक अवस्थाबारे पुरा विश्व बेखबर छ।
उत्तरले सुरुवात देखि नै आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको बताउँदै आएको छ। अलजाजिरा

प्रतिक्रिया