समाज


अब स्वास्थ्य बिमाको नवीकरण वालेट र आईपीएसबाट गर्न सकिने

अब स्वास्थ्य बिमाको नवीकरण वालेट र आईपीएसबाट गर्न सकिने

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १४:५९, काठमाडौँ

स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आईपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ।

स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो।

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बिमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन्। जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन। अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिए।

हाल एजेन्टमार्फत मात्र बिमा नवीकरण गरिने व्यवस्था छ। यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ। यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad