भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले कश्मीरमा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै संकटकालीन अवस्थामा आपतकालीन सेवा प्राप्त हुन सक्ने स्थानको पहिचान गर्न आग्रह गरेको छ।
दूतावासले शुक्रबार सूचना जारी गर्दै भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्वन्धी निर्देशनहरुको पालना गर्न समेत आग्रह गरेको छ।
‘भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्लीअनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।
त्यस्तै आपतकालीन अवस्था आएमा राजदूतावासमाका विभिन्न नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
Shares

प्रतिक्रिया