महाकाली नदी तर्ने क्रममा एक युवक बेपत्ता भएका छन्। उनको पहिचान खुलेको छैन।
कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट पौडेर चाँदनीतर्फ जान लाग्दा उनी नदीमा डुबेर बेपत्ता भएका महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए। घटना हिजो (बिहीबार) साँझको हो।
लकडाउनका कारण भीमदत्त र महाकाली नगरपालिका जोड्ने एसियाकै दोस्रो लामो झोलुंगे पुलमा आवत–जावतमा रोक लगाइएको छ। पुलबाट आवतजावत गर्न नपाएपछि उनी नदीमा हेलिएर तर्न खोज्दा बेपत्ता भएका हुन्।
नदीमा पानीको बहाव बढि हुँदा उनी डुबेर बेपत्ता भएको प्रवक्ता सिजालीले बताए। नदी डुबेर बेपत्ता भएकाको खोजीकार्यको भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए।
‘बेपत्ता भएको भन्ने खबर पछि प्रहरीले खोजीकार्य गरिरहेको छ। तर अहिलेसम्म भेटिएका छैन,’ डिएसपी पौडेलले नेपालखबरसँग भने, ‘अहिलेसम्म मेरो घरको मानिस हरायो भनेर कुनै परिवारका सदस्य पनि सम्पर्क आएका छैनन्।’

प्रतिक्रिया