समाज


उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १५:२२, काठमाडौँ

महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास गरेका छन्।
 
बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण  प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताए।स
      
‘पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ’, उनले भने, ‘कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ।’

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।

पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले कार्यालयको भवन शिलान्यासको चरणसम्म पुर्‍याउन, जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर तथा स्रोतको सुनिश्चितता गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण सरोकारवाला निकाय, पदाधिकारी तथा महान्यायाधिवक्ताको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गरे।

करिब रु २६ करोडको लागतमा निर्माण प्रारम्भ गरिएकोमा उच्च सरकारी कार्यालय, पाटनको आधुनिक शैलीको साततले भवन निर्माण हुनेछ। कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश तथा रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्ष समेतको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad