समाज


काठमाडौँको मखन गल्लीमा रहेका ४ र ५ तले घरमा आगलागी, १ जनाको मृत्यु

आगलागी नियन्त्रणमा ६ वटा दमकल परिचालन
काठमाडौँको मखन गल्लीमा रहेका ४ र ५ तले घरमा आगलागी, १ जनाको मृत्यु

आगाे लाग्दै गरेका दुईघर


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ८:५५, काठमाडौँ

काठमाडौँको मखन गल्लीमा रहेका दुई घरमा आगलागी भएको छ। बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ। आगलागीमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगर पालिका वडा नम्बर- २४ मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट सुरु भएको आगलागी नजिकैको अर्को पाँचतले पक्की घरमा पनि सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

दयाराम श्रेष्ठको चार तले घरको तेस्रो तल्लामा ग्यास लिग भई आगलागी हुँदा सँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत आगो सल्किएको हो। अहिले पनि दुईघरमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। 

घटना स्थलमा प्रहरी नायव उपरीक्षक कृष्ण  कुमार चन्दको कमाण्डमा २० जना प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। जलेको अवस्थामा फेला परेको शवको सनाखत हुन बाँकी छ। 

आगलागी नियन्त्रणको लागि दुईवटा जुद्ध बारुणका दमकल, नेपाली सेना, ललितपुर महानगरपालिका, रामहिटी र बालाजु औधोगिक क्षेत्रका एक-एक गरी ६ वटा दमकल परिचालन गरिएको छ। सुरक्षाकर्मी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad