समाज


सरकारी अस्पतालले खरिद नियमावली छलेर औषधि किन्ने गरेको खुलासा

सरकारी अस्पतालले खरिद नियमावली छलेर औषधि किन्ने गरेको खुलासा

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १८:५१, काठमाडौँ

सरकारी अस्पतालले सार्वजनिक खरिद नियमावलीलाई छलेर सोझै औषधि खरिद गर्ने गरेको पाइएको छ।

महालेखाको बुधबार सार्वजनिक ६२ औँ प्रतिवेदनले औषधि तथा औषधिजन्य सामग्री प्रतिस्पर्धा नै नगरी सोझै खरिद गरेको देखाएको हो।
 
प्रतिवेदनले कोसी अस्पतालले ८ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य सामग्री प्रतिस्पर्धा बेगर सोझै खरिद गरेको औँल्याएको छ। कुल खरिदमध्ये ३ करोड ३० लाख ६९ हजार रुपैयाँको गत वर्षको टेन्डरको दरबाट र बाँकी ४ करोड ९१ लाख रुपैयाँको सोझै खरिद गरिएको जनाएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ करोडभन्दा बढीको औषधि उपकरण सोझै खरिद गरेको पाईएको छ। प्रतिष्ठानले सार्वजनिक खरिद नियमावलीलाई छलेर  ६ करोड रुपैयाँ भन्दा बढी मूल्यका औषधीजन्य तथा अन्य सामग्री सोझै खरिद गरेको औंल्याएको छ। 

त्यस्तै नारायणी अस्पतालले पनि १ करोड ३१ लाख ८१ हजार रुपैयाँको सोझै खरिद गरेको पाइएको छ।  

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१क) अनुसार सार्वजनिक निकायले २५ लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादनकर्ताले राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित मूल्यमा सोझै खरिद गर्नसक्ने व्यवस्था छ। 

नियम ८४(१क) बमोजिम भने ५० लाख रुपैयाँसम्मको सामग्री सिलबन्दी दरभाउ पत्रमार्फत खरिद गर्न मिल्ने उल्लेख गरिएको छ। त्यसभन्दा माथिको खरिद भने बोलपत्र प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad