समाज


सुत्केरी हुन नसकेपछि २२ वर्षीया युवतीको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरी हुन नसकेपछि २२ वर्षीया युवतीको हेलिकोप्टरमार्फत उद्धार

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:१८, काठमाडौँ

कालीकोटको तिलागुफा नगरपालिका–१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ। 

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उनलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए।

रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते थियो। तर, प्रसुती व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिक अप्रेसन गरी बच्चा र आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरुप शाहीले बताए।

सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने देखिएको छ।

उनीहरुका आर्थिक अवस्था कमजोर भएको भनि तिलागुफा नगर कार्यपालिकाको कार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइँको पहलमा हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad