समाज


सगरमाथाको 'हिलारी स्टेप'मा भारतीय आरोहीको मृत्यु

सगरमाथाको 'हिलारी स्टेप'मा भारतीय आरोहीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८२ शुक्रबार १५:०, काठमाडौँ

सगरमाथा आरोहरण गरेर फर्किने क्रममा एक भारतीय आरोहीको ज्यान गएको छ। सगरमाथा आरोहरण सम्पन्न गरेर फर्किनेक्रममा हिलारी स्टेपमा ४५ वर्षका भारतीय नागरिक सुब्रत घोषको बिहीबार राति ज्यान गएको पर्यटन विभागका महानिर्देशन डा.नारायणप्रसाद रेग्मीले नेपालखबरलाई जानकारी दिए। 

'सगरमाथाको चुचुरो ८८४८.८६ मिटर आरोहण सप्पन्न गरी हिलारी स्टेपबाट तल क्याम्प ४ तर्फ फर्किने क्रममा थकित भई बसेको अवस्थामा मृत्यु भएको हो' पर्यटन विभागले भनेको छ। 

उनको शव शेर्पाहरू बेसक्याम्प ल्याउने काम गरिरहेको बताइएको छ।  उनी स्‍नोइ होलाइजन एण्ड एक्पिडिसनबाट आरोहणमा गएका थिए। 

यसअघि ४५ वर्षकै फिलिपिनो नागरिक फिलिप सान्तिएगोको पनि बिहीबार ज्यान भएको थियो। बसन्त ऋतुको आरोहरण सुरु भएपछि दुई जनाको ज्यान गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad