समाज


कोरोना भाइरसले चीनभन्दा बढी प्रभावित देशहरुको अवस्था यस्तो..

कोरोना भाइरसले चीनभन्दा बढी प्रभावित देशहरुको अवस्था यस्तो..

नेपालखबर
चैत २२, २०७६ शनिबार ८:३५,

शनिबारसम्मको तथ्यांकअनुसार हालसम्म ११ लाख १८ हजार ८४४ कोरोना संक्रमित पुष्टि भएका छन्। यसबीचमा २ लाख २९ हजार २८६ उपचारपछि स्वस्थ पनि भएका छन्।

कोरोनाको उत्पत्तिस्थल चीनमा हालैको दिनमा कोरोनाको प्रभाव घट्दै गएको छ।

चीनले कोरोनाको संक्रमण र मृत्यु दर कम हुँदै गएको अवस्थामा आफ्ना प्रमुख शहरहरुमा लगाएको लकडाउन आंशिक रुपमा खुला गरिसकेको छ।

चीनमा कोरोनाले हालसम्म ८१ हजार १६५ बिरामी परेका छन्। त्यहाँ ३३ सय २६ को मृत्यु भइसकेको छ।

हाल चीनमा भन्दा अन्य राष्ट्रहरुमा कोरोनाको प्रभाव बढ्दै जाँदा त्यहाँ चीनमा भन्दा बढी संक्रमित देखिन थालेका छन्।

यी देशहरुमा चीनमा भन्दा बढी कोरोना संक्रमित छन्ः

१. अमेरिकाः २ लाख ७७ हजार ५२२ संक्रमित, ७ हजार ४०३ को मृत्यु, १२ हजार २८३ उपचारपछि स्वस्थ

२. इटलीः १ लाख १९ हजार ८२७ संक्रमित, १४ हजार ६८१ को मृत्यु, १९ हजार ७५८ उपचारपछि स्वस्थ

३. स्पेनः १ लाख १९ हजार १९९ संक्रमित, ११ हजार १९८ को मृत्यु, ३० हजार ५१३ उपचारपछि स्वस्थ

४. जर्मनीः ९१ हजार १५९ संक्रमित, १२ सय ७५ को मृत्यु, २४ हजार ५७५ उपचारपछि स्वस्थ

५. फ्रान्सः ८२ हजार १६५ संक्रमित, ६५ सय ७ को मृत्यु, १४ हजार ८ उपचारपछि स्वस्थ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad