गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।
उनका अनुसार यो धक्का पुरानो भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो।
‘यत्तिको भूकम्पले कुनै क्षति त नगर्नुपर्ने हो’, भूकम्पविद् डा अधिकारीले शुक्रबार बिहान नेपालखबरसँग भने।
यसअघि यही जेठ ६ गते मात्र कास्कीको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
1.6k
Shares

प्रतिक्रिया