समाज


साउदीमा पनि एक नेपाली कोरोनाबाट संक्रमित

साउदीमा पनि एक नेपाली कोरोनाबाट संक्रमित

नेपालखबर
चैत २३, २०७६ आइतबार ६:१०,

कोरोनाबाट विभिन्न मुलुकमा नेपाली पनि संक्रमण हुने क्रम बढिरहेको छ। यसै क्रममा साउदी अरबमा पनि एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमणको अनौपचारिक जानकारी प्राप्त भएका नेपालीसँग टेलिफोन सम्पर्कमा रहेको नेपाली राजदूतावासले जनाएको छ।

साउदीमा कोरोना संक्रमितको संख्या २हजार १ सय ७९ पुगेको छ। कूल संक्रमितमध्ये हालसम्म ४२० जना निको भएका छन्। शनिबार ४ जना संक्रमितको मृत्यु भएसँगै मर्नेको संख्या २९ पुगेको छ।

साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकको आकामा ३ महिनाका लागि स्वतः नवीकरण हुने राहदानी निर्देशकको कार्यालयले जनाएको छ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले संक्रमण हुनबाट बच्न सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad