ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन्।
धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २र३ दिन देखि पटकरपटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको प्रहरीको आरोप छ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
60
Shares

प्रतिक्रिया