समाज


काठमाडौँ आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, ९ जना घाइते

चालक ३६ वर्षीय युवक पक्राउ
काठमाडौँ आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, ९ जना घाइते

नेपालखबर
जेठ १२, २०८२ सोमबार ८:१२, काठमाडौँ

नुवाकोटमा माइक्रोबास दुर्घटना हुँदा नौजना घाइते भएका छन्।

नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका-७ गुरुङगाँउमा आइतबार दुर्घटना हुँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

दुर्घटनामा पाँच महिलासहित ९ जना घाइते भएका हुन्। माइक्रोबस सडकबाट करिब १० मिटर तल काँल्लामुनी खसेर दुर्घटनामा परेको नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। 

घाइते सबैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। दुर्घटनापछि प्रहरीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई पक्राउ गरेको छ।

दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाकी ३९ वर्षीया मैना राई,  काठमाडौँको महाराजगंजकी  ४६ वर्षीया लक्ष्मी खड्गी, गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, विदुर नपा ५ माझिटार, नुवाकाेटकी १८ वर्षीया बिपना अर्याल, शिवपुरी तलाखुका २८ वर्षीय रसमान लामा,  १८ वर्षीय विजय लामा, काठमाडौँको कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, सोही ३८ वर्षीय श्याम दगौरा र रसुवाको उत्तरगया गापा ५ का २५ वर्षीय महेन्द्र श्रेष्ठ घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad