समाज


टुँडिखेलमा मनाइयो १८औँ गणतन्त्र दिवस (तस्बिरहरू)

टुँडिखेलमा मनाइयो १८औँ गणतन्त्र दिवस (तस्बिरहरू)

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १२:२, काठमाडौँ

काठमाडौँको टुँडिखेलमा १८औँ गणतन्त्र दिवस मनाइएको छ। बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहका बीच दिवस मनाइएको हो।

सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तित्त्वको उपस्थिति रहेको थियो।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।

२०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको थियो।

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो र २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा विभिन्न झाँकी प्रस्तुत गरिएको छ। समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। समारोहलाई राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली लगायतले सम्बोधन गरेका थिए।

तस्बिरहरू : न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad