चिनियाँ धनाढ्य ज्याक माले दोस्रोपटक पनि अफ्रिकालाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएका छन्।
अफ्रिाकका ५४ देशलाई आफूले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्न लागेको चिनियाँ खर्बपति ज्याक माले ट्वीटरमा बताएका छन्।
अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अफ्रिकी देशहरुमा ५ सय थान भेन्टिलेटर, २ लाख पीपीई, २ हजार थर्मोमिटर, १० लाख स्वाब परीक्षण किट र ५ लाख पञ्जा सहयोग गर्ने भएका हुन्।
यसअघि गत महिना ज्याक माले घोषणा गरेअनुसार स्वास्थ्य सामग्री अफ्रिका पुगेको थियो। अफ्रिकी देशहरुले ज्याक माको उदारताको प्रशंसा गरेका छन्।
— Jack Ma (@JackMa) April 6, 2020Our second donation to 54 countries in Africa is on the way. That includes 500 ventilators, 200K suits & face shields, 2K thermometers, 1M swabs & extraction kits and 500K gloves. Thank you @AbiyAhmedAli @flyethiopian @AfricaCDC @WFP for your partnership. Stay safe Africa!
Shares

प्रतिक्रिया