अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र वितरण गर्दा ट्रायल नै नगराएको आरोपमा यातायात व्यवस्था कार्यालयका तीन जना कम्प्युटर अपरेटरसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर तथा लाइसेन्सधारी सभ्यता केसीलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
1.8k
Shares

प्रतिक्रिया