गएको २४ घण्टामा अमेरिकामा २५ हजार ५४४ नयाँ संक्रमित थपिँदा सोही अवधिमा अमेरिकामा ११ सय ४७ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।
यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८५१ पुगेको छ। त्यहाँ मृतकको संख्या ९ हजार ६२० पुगेको छ।
अमेरिकामा गत शुक्रबार ११ सय ६९ जनाको कोरोनाको कारण मृत्यु हुँदा, शनिबार १३ सय ४४ को मृत्यु भएको थियो।
अमेरिका हाल विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राष्ट्र हो।
विश्वमा हालसम्म १२ लाख ७४ हजार ९३८ कोरोना संक्रमित छन्। हालसम्म ६९ हजार ४९८ को मृत्यु भइसक्दा २ लाख ६५ हजार ८८३ उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया