सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सात दिने चेक अप क्याम्प सञ्चालन गर्ने भएको छ।
सुजुकीले मान्यवारेन्टी र फ्रि सर्भिसको अवधिपनिदुई महिना बढाउने भएको छ। यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको कम्पनीले जनाएको छ।
क्याम्पमा कम्पनीले इन्जिन आयललगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ ।
योे योजनाले उहाँहरुको चिन्ता हटाउने अपेक्षाकम्पनीले लिएको छ ।

प्रतिक्रिया