समाज


रौतहटमा वन सुरक्षा गस्ती टोली र तस्करबीच गोली हानाहान

रौतहटमा वन सुरक्षा गस्ती टोली र तस्करबीच गोली हानाहान

नेपालखबर
चैत २४, २०७६ सोमबार ७:११,

रौतहटको गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्ती टोली र तस्कर समूहबीच आइतबार साँझ दोहोरो गोली हानाहान भएको छ।

गोली हनाहानमा गस्ती टोलीले तीन राउन्ड र तस्कर समूहले दुई राउन्ड गोली प्रहार गरेको थियो।

सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए-नभएको यकिन हुन सकेको छैन। सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिउ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउन्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्ती टोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताए।

लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युुविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिए। उनीहरुमाथि आवश्यक कानुनी कारबाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad