समाज


‘राइड सेयरिङ’मा भइरहेको ठगीप्रति सचेत हुन यात्रुहरूलाई प्रहरीको आग्रह

‘राइड सेयरिङ’मा भइरहेको ठगीप्रति सचेत हुन यात्रुहरूलाई प्रहरीको आग्रह

नेपालखबर
जेठ १९, २०८२ सोमबार १०:४१, काठमाडौँ

नेपाल प्रहरीले राइड सेयरिङमार्फत यात्रुहरुमाथि ठगी भइरहेको भन्दै सचेत हुन आह्वान गरेको छ। 

नेपाल प्रहरीले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरुसँग बढी भाडा असुल गर्ने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरु आइरहेको जनाएको हो। 

‘विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,’ प्रहरीले भनेको छ।  

यसैबीच यात्रुसँग बढी भाडा असुलेको आरोपमा कास्की प्रहरीले आठजना इन ड्राइभ चालकलाई पक्राउ गरेर कारबाहीसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad