समाज


निक साइमन इन्स्टिच्युटद्वारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण

नेपालखबर
चैत २५, २०७६ मंगलबार १०:४०,

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे।

तयस अवसरमा मन्त्री ढकालले भेन्टिलेटर र पीपीई जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए। उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुई÷दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने जानकारी दिए।

इन्स्टिच्युटका तर्फबाट डा. श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे। हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिए। पीपीई यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad