दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार कोरोना रोकथामका लागि कोरियाली विधि अपनाउने घोषणा गरेका हुन्।
केजरीवालले भने,‘यदी हामीले कोरोना परीक्षण गरेनौं भने संक्रमित को हुन् भनेर पत्ता लगाउन सक्दैनौं।’
यसैहप्ताको शुक्रबारदेखि दिल्लीले एक लाख जनामा कोरोना परीक्षण थाल्नेछ। दिल्लीका ८ हजार अस्पतालहरु कोरोनाको परीक्षण गर्न तयार भएको पनि केजरीवालले सो क्रममा बताए।
दक्षिण कोरियाली मोडलमा ‘फाइभ टी’ पर्छन्। फाइभ टी अन्तर्गत ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट, टिमवर्क र ट्र्याकिङ एण्ड मनिटरिङ पर्दछन्।
–ट्रेसिङको अर्थ कोरोना संक्रमित र उसले सम्पर्क गरेका मानिसको स्थान र पहिचान पत्ता लगाउनु
–टेस्टिङको अर्थ कोरोनाको संक्रमण आशंका गरिएका व्यक्तिमा परीक्षण गर्नु हो।
–ट्रिटमेन्टको अर्थ कोरोना संक्रमितको उपचार गर्नु
–टिमवर्कको अर्थ कोरोना संक्रमितलाई खोज्न, कोरोनाको उपचार गर्न सामूहमा काम गर्नु
–ट्रयाकिङ एण्ड मनिटरिङ ट्रेसिङजस्तै हो। यसमा कोरोना संक्रमित र उसले सम्पर्क गरेका मानिसलाई खोजिन्छ, उनीहरु बस्ने स्थान पत्ता लगाइन्छ र उनीहरुलाई उपचार गरिन्छ, मनिटरिङको अर्थ निगरानी गर्नु हो। कोरोनाको आशंका गरिएका व्यक्तिलाई क्वारेन्टिनमा अथवा आइसोलेसनमा राखेर निगरानी गर्न जरुरी छ। एजेन्सी

प्रतिक्रिया