समाज


राति कोसीमा भारी वर्षाको सम्भावना, अरू प्रदेशमा?

राति कोसीमा भारी वर्षाको सम्भावना, अरू प्रदेशमा?

नेपालखबर
जेठ २८, २०८२ बुधबार १८:३४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बुधबार साँझ) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ भने राति पनि पानी पर्ने क्रम जारी रहनेछ। 

महाशाखाले साँझ ‍६ बजे जारी गरेको बुलेटिनअनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार हाल कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी सबै स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यही कारण मौसम बदली र वर्षा हुने क्रम जारी रहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad