हाइड्रोक्सीक्लोरोक्वीन औषधि मलेरिया र लुपस रोगको औषधि हो। यस औषधि कोरोना भाइरस संक्रमितका लागि लाभदायी हुने भनेर ट्रम्पले दाबी गर्दै आएका छन्।
यद्यपी विज्ञहरुले ट्रम्पको दाबी सही हो भनेर पुष्टि गरेका छैनन्। हाल कोरोना भाइरसविरुद्धको औषधि र खोप परीक्षणकालमै छन्।
विज्ञहरुले ट्रम्पलाई बारम्बार उक्त औषधि कोरोनाको लागि निर्माण नभएको भनेर सल्लाह दिइरहेका छन्। यद्यपी ट्रम्पले सल्लाह र सुझावहरुको विपरित गएर हाइड्रोक्सीक्लोरोक्वी औषधिको प्रचार गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले आइतबार भनेका थिए,‘यदी यस औषधिले कोरोना भाइरसको संक्रमितमा काम गर्यो भने हामीले चाँडै प्रयोग नगरेकोमा लज्जा बोध गर्नेछौं।’
अमेरिकाका केही अस्पतालमा कोरोनाले मर्न लागेका मानिसमा यही औषधिको प्रयोग भएको बताइएको छ। केही निको भएको पनि बताइएको छ।
तर ब्राउन युनिभर्सिटीका डाक्टर मेगन एल राननेका अनुसार यस औषधि कोरोना संक्रमितका प्रयोग भए यसले उनीहरुको शरीरमा नकरात्मक असर गर्नसक्छ।
कयौं परीक्षणमा यस औषधि कोरोना संक्रमितको लागि उपयुक्त नभएको पनि देखिएको छ। एजेन्सी

प्रतिक्रिया