समाज


तीनकुने घटनामा न्यायाधीश रातिसम्म आदेश लेख्दै, दुर्गा प्रसाईँसहित ३९ प्रतिवादी अदालतमै

तीनकुने घटनामा न्यायाधीश रातिसम्म आदेश लेख्दै, दुर्गा प्रसाईँसहित ३९ प्रतिवादी अदालतमै

नेपालखबर
जेठ २९, २०८२ बिहिबार २१:४४, काठमाडौँ

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनाका प्रतिवादीहरुलाई थुनामै राख्ने कि थुनाबाहिर भन्ने आजै आदेश आउने भएको छ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ। न्यायाधीश कार्की आदेश लेखिरहेका छन्। 

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरका ३९ प्रतिवादीहरुलाई अहिले पनि अदालतमै राखिएको छ।

यी मध्ये दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको पनि मुद्दा लगाइएको छ। 

यसअघि भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जनामध्ये १० जना धरौटीमा रिहा भएका छन्। एक जना फरार छन्। 

यो मुद्दामा राप्रपाका वरिष्ष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई पनि प्रतिवादी बनाइएको छ। तर उनीहरुसहित ११ जना भने फरार सूचीमा छन्। राणा र मिश्र अनुसन्धानकै क्रममा छुटेका थिए। 

अब उनीहरु सिधै अदालत उपस्थित हुने तयारीमा छन्। यस्तै चार जना नाबालकविरुद्ध बाल अदालत भक्तपुरमा मुद्दा दायर गरिएको छ। चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। 

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad