समाज


रसुवाका न्यायाधीश थापा छानबिनमा, तानिए न्याय परिषद्

रसुवाका न्यायाधीश थापा छानबिनमा, तानिए न्याय परिषद्

नेपालखबर
जेठ २९, २०८२ बिहिबार २१:५९, काठमाडौँ

जिल्ला अदालत रसुवाका न्यायाधीश भुवनसिंह थापा छानबिनमा तानिएका छन्।

एउटा मुद्दामा पक्ष रहेकी महिलालाई सहवासको प्रस्ताव राखेको उजुरीपछि उनलाई न्याय परिषद्ले जिम्मेवारीबाट झिकेर छानबिन अगाडि बढाएको हो।

एक सातापहिले नै उजुरी परेपछि न्यायाधीश थापालाई न्याय परिषद्मा तानिएको हो। उनी न्याय परिषद्मै हाजिर गरिरहेका छन्। थापा तानिएपछि रसुवामा न्यायाधीश ध्रुव उप्रेतीलाई जिम्मेवारी दिइएको छ।

न्याय परिषद् स्रोतका अनुसार, न्यायाधीशले महिलालाई पठाएको म्यासेज पनि उजुरीमा संलग्न छ।

बहुविवाहको मुद्दा खेपिरहेकी महिलासँग सरकारी वकिलमार्फत नजिकिएर यस्तो प्रस्ताव गरेको पीडितको उजुरी छ।

पीडितको उजुरीपछि जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता विमल थापासँग पनि महान्यायाधिवक्ताको कार्यालयले बोलाएर सोधपुछ गरेको छ।

महान्यायाधिवक्ता कार्यालयसँगको सोधपुछका क्रममा भने पीडित महिलाले सरकारी वकिलसँग गुनासो नरहेको बताएकी छन्। 

महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले भने, ‘हामीले जिल्ला न्यायाधिवक्तालाई बोलाएर सोधपुछ गरेका छौँ। तर, यहीबीचमा पीडितले सरकारी वकिलसँग आफ्नो तर्फबाट कुनै आरोप नरहेको बताउनुभएको छ। यस विषयमा अन्तिम निर्णय भइसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad