समाज


तीनकुने घटनामा धरौटीमा छुट्ने यी हुन् ३२ अभियुक्त

तीनकुने घटनामा धरौटीमा छुट्ने यी हुन् ३२ अभियुक्त

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ०:२६, काठमाडौँ

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउँदा बाँकी ३२ जनालाई भने धरौटी राखेर थुनाबाहिरबाटै मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको छ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिले पनि कसुरमा संलग्नताको मात्रा र गाम्भीर्य हेरी ३२ अभियुक्तलाई धरौटीमा छाड्न आदेश गरेको अदालत प्रशासनले जनाएको छ।

अदालतले काठमाडौं महानगरपालिका वडा नं ३२ का हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भीम भन्ने हेमराज थारू र विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतसँग जनही १ लाख रूपैयाँ धरौटी माग गरेको छ।

यीबाहेकका प्रतिवादीहरूसँग १० देखि ५० हजार रूपैयाँसम्म धरौटी माग गरिएको छ।

धरौटी मागिएका अभियुक्तहरू यसप्रकार छन्-
हरिहर चौलागाईँ- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ३२
सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल- काठमाडौं, नागार्जुन नगरपालिका
भीम भन्ने हेमराज थारु- भक्तपुर, मध्यपुर थिमी नगरपालिका
गोपाल मल्ल ठकुरी- रुपन्देही, स‍ैनामैना नगरपालिका वडा नं १
पशुपति खड्का- काठमाडौं, तारकेश्वर नगरपालिका वडा नं ७
विष्णु पराजुली- तनहुँ, व्यास नगरपालिका वडा नं २
पुष्कर खतिवडा- ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं ७
मुनीन्द्र राजभण्डारी- काठमाडौं, तारकेश्वर नगरपालिका वडा नं ६
कुमार बस्नेत- काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा नं ८
अनिल कुमार थापा- काठमाडौं, न.पा गा.वि. स नखुलेको वडा नं ६
गोपाल बोहोरा भन्ने तारानाथ बोहोरा- झापा, कमल गाउँपालिका वडा नं ३
दानबहादुर न्यौपाने- झापा, दमक नगरपालिका वडा नं ७
उमेश तामाङ- झापा, दमक नगरपालिका वडा नं ७
भानुभक्त पौडेल- झापा, दमक नगरपालिका वडा नं ७
विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेत- ललितपुर, ललितपुर महानगरपालिका वडा नं ७
देवीप्रसाद संग्रौला- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ६
प्रेम बहादुर थापा मगर- रुपन्देही, देवदह नगरपालिका वडा नं ९
ओमप्रकाश लुइँटेल- झापा, अर्जुनधारा नगरपालिका वडा नं ५
तेजेन्द्र रायमाझी- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ६
मनबहादुर काला- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं १०
प्रेधबहादुर श्रेष्ठ- दोलखा, शैलुङ गाउँपालिका वडा नं नखुलेको
निराजनकुमार गिरी- काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा नं ११
रमेश राई- काठमाडौं, तारकेश्वर नगरपालिका वडा नं ८
दिवस बोगटी क्षेत्री- काठमाडौं, न.पा गा.वि. स नखुलेको वडा नं नखुलेको
दिल कुमार श्रेष्ठ- काठमाडौं, तारकेश्वर नगरपालिका वडा नं ४
कमल कुमार विष्ट- ललितपुर, ललितपुर महानगरपालिका वडा नं २६
लोक बहादुर बस्नेत- तेह्रथुम, फेदाप गाउँपालिका वडा नं १
दिनेश खड्का- सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका वडा नं ४
अमीत साह- सर्लाही, कविलासी गाउँपालिका वडा नं ८
सुमन कार्की- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ३१
जितबहादुर श्रेष्ठ- सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका वडा नं ४
मनोजकुमार सापकोटा- भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं १

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad