तीनकुनेमा हिंसा भड्काउन भूमिका खेलेको अभियोगमा पक्राउ परेका विवादास्पद धर्मगुरु पुष्कर खतिवडालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न दिने आदेश गर्दा बाँकी ३२ जना अभियुक्तसँग भने धरौटी माग गरेको हो।
चार जना अभियुक्तसँग जनही एक लाख रुपैयाँ धरौटी माग गरेको अदालतले पाँच जनालाई जनही ५० हजार धरौटी तोकेको छ।
खतिवडालाई भने २० हजार रुपैयाँ मात्र धरौटी माग गर्ने आदेश भएको छ।
उनी तीनकुने घटनाको भोलिपल्ट बिहान ललितपुरको इमाडोलबाट पक्राउ परेका थिए। तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा उनले ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए।
खतिवडा धार्मिक र साम्प्रदायिक भावना भड्काउने खालका अभिव्यक्ति र गतिविधिका कारण पनि विवादित छन्।
तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश
तीनकुने घटनामा धरौटीमा छुट्ने यी हुन् ३२ अभियुक्त
Shares

प्रतिक्रिया