समाज


भूतपूर्व गोर्खा सैनिकका मागप्रति बेलायत सकारात्मक

भूतपूर्व गोर्खा सैनिकका मागप्रति बेलायत सकारात्मक

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ८:१, काठमाडौँ

बेलायती नागरिक सरह समान पेन्सनलगायत भूतपूर्व गोर्खा सैनिकका मागका सम्बन्धमामा करिब एक वर्षपछि बेलायत सरकारसँग वार्ता भएको  छ। 

बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले जानकारी दिए। 

वार्तामा पप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न थिए। वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठकमा बस्न सहमति जनाएको हो। 

‘बेलायती पक्ष सकारात्मक छ। पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छ? लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ ’, उपप्रमुख दुवाडीले भने।

गोर्खाभूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको बताए। पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको उनकाे भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad