समाज


ग्वार्को ओभरपासको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

ग्वार्को ओभरपासको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपालखबर
असार २, २०८२ सोमबार ११:५३, काठमाडौँ

ललितपुरको ग्वार्कोस्थित ओभरपास चार दिनपछि सवारीसाधन चल्ने भएका छन्।

ओभरपासको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए। 

यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए। 

मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad