समाज


वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपालखबर
असार २, २०८२ सोमबार २०:३८, काठमाडौँ

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–५ का २६ वर्षीय दिपेन्द्र गुरुङ र सर्लाहीको बरहथवा नगरपालिका–१ की ३४ वर्षीया रुपी मायाँ रहेका छन्। 

दिपेन्द्र गुरुङले बुसनिया पठाइदिने भन्दै ६ जनाबाट ७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।

यस्तै, रुपी मायाँले मलेशिया पठाइदिने भनी ६ जनाबाट ५ लाख ५७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ।

रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad