समाज


पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

नेपालखबर
असार ६, २०८२ शुक्रबार १९:२७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ।

श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत छन्।

विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो।

आयोगले उनीहरूबाट चार थान मोबाइलसमेत बरामद गरेको छ।

यस्तै, आयोगले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नं २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट मोबाइल दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad