समाज


बाढीपहिरो: यी ३ सडक पूर्ण र ८ सडक आंशिक अवरुद्ध (सूचीसहित)

बाढीपहिरो: यी ३ सडक पूर्ण र ८ सडक आंशिक अवरुद्ध (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८२ मंगलबार ११:५७, काठमाडौँ

वर्षापछि बाढीपहिरो जाँदा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ।  

नेपाल प्रहरीले मंगलबार बिहान पौने ११ बजे सार्वजनिक गरेको विवरणअनुसार अहिले देशका आठ सडक एकतर्फी र तीन सडक पूर्णरुपमा अवरुद्ध अवस्थामा छन्। 

गुल्मीस्थित कालीगण्डकी करिडोर, रुकुमपश्चिमस्थित जाजरकोट- डोल्पा-भेरी करिडोर र डोल्पास्थित भेरि करिडोर सडक अहिले पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। 

त्यसैगरि रवि-राँके-भेडेटार सडक धनकुट, कोसी राजमार्ग संखुवासभा, पूर्वपश्चिम राजमार्ग नवलपरासी पूर्व, कालीगण्डकी करिडोर नवलपरासी, बेनी-जोमसोम सडक म्याग्दी, पोखरा-बाग्लुङ सडक कास्की, कालीगण्डकी करिडोर गुल्मी, जुम्ला-मुगु सडक पनि एकतर्फी रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ। 

हेर्नुहाेस् पूर्णरुपमा अवरुद्ध र एकतर्फी खुलेका ११ सडक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad