समाज


समाचारको विषयमा विशेष अदालतको आदेशप्रति महासंघ चिन्तित

समाचारको विषयमा विशेष अदालतको आदेशप्रति महासंघ चिन्तित

नेपालखबर
असार ११, २०८२ बुधबार १६:४, काठमाडौँ

नेपाल पत्रकार महासंघले प्रकाशित समाचारको विषयलाई लिएर दृष्टि साप्ताहिक र दष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायतका पत्रकारविरुद्ध विशेष अदालतले गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यही असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। 

‘यही समाचारलाई लिएर कर्मचारीबाट परेको अवहेलना मुद्दाका आधारमा अदालतले प्रतिवेदन बनाएर विशेष इजलासबाट पत्रकारविरुद्ध फौजदारी अभियोग लगाइ आदेश जारी हुनु सुखद् विषय होइन’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘समाचारको विषयलाई अपराधीकरण गर्न नहुने दृष्टिकोण महासंघले राख्दै आएको छ। र, यस प्रकरणमा महासंघले कानुनी सहजीकरण गर्नेछ।’

महासंघले सञ्चारमाध्यमलाई कुनै पनि सार्वजनिक विषयमा समाचार प्रकाशनरप्रसारण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको स्पष्ट पारेको छ। त्यही अधिकारको उपभोग गर्दा अदालतबाट पत्रकार विरुद्ध फौजदारी अभियोग लगाइनुले प्रेसको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप हुनुका साथै प्रचलित कानुन र पत्रकारिताको लोकतान्त्रिक अभ्यास अनुकूल नभएको महासंघको बुझाइ रहेको छ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ न्यायपालिकाको काम र कर्तव्यको सदैव सम्मान गर्दछ र गर्दै आएको छ। तर, न्यापालिकाबाट भएको पछिल्लो आदेशले प्रेस स्वतन्त्रताको सवालमा प्रश्न खडा गरेको देखिन्छ। प्रकाशित समाचारमा चित्त नबुझे त्यसविरुद्ध हेर्ने सम्पूर्ण क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएकोले त्यसमार्फत प्रक्रिया अगाडि बढाउन र सो आदेशमा पुनर्विचार गर्न महासंघ सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad