समाज


नारायणगढ-मुग्लिन सडक २ घण्टाका लागि बन्द

नारायणगढ-मुग्लिन सडक २ घण्टाका लागि बन्द

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८२ बिहिबार ११:४१, काठमाडौँ

नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टाका लागि बन्द भएको छ। 

बिहीबार बिहान ११ बजेदेखि बन्द भएको सडक दिउँसो १ बजेपछि मात्रै खुल्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। 

डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनकाे इच्छा कामना गाउँपालिका-६ तुइँन खोला भन्ने ठाउँमा सडकमाथि अड्किएको ठूलो ढुंगा झार्नको लागि सवारी आवागमन बन्द गरिएको हो। 

हेटौँडाबाट लामो एक्स्काभेटर ल्याएर भिरमा अड्केकाे ढुंगा झार्न लागिएको उनले बताए। 

तुइँन खोलामा बेलाबेलामा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ। पहिरोको जोखिममा रहेका ठूला ढुंगा हटाउनका लागि सडक बन्द गरिएको आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad