समाज


नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिला खोज्न काठमाडौँबाट लगियो कुकुर

नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिला खोज्न काठमाडौँबाट लगियो कुकुर

नेपालखबर
असार १३, २०८२ शुक्रबार १४:३, काठमाडौँ

नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिलाको खोजीमा सशस्त्र प्रहरी बल कुकुरसहित खटिएको छ।

प्रहरीका अनुसार नुवाकोटको ककनी गाउँपालिका-१, भसिबुस्थित गोठमा श्रीमान्‌सँगै सुतेकी ३२ वर्षीया कमला बलामी बिमचना खोलाको बाढीमा बगेर बेपत्ता छिन्। 

उनका पति अशोक बलामी भने घाइते अवस्थामा भेटिएका छन् र उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

बेपत्ता उनकी पत्नी कमला भने नभेटिकाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट २ वटा कुकुरसमेत लिएर सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको हो। 

ठूलो वर्षाका कारण गएराति नुवाकोटको बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको र अरु दुईवटा गोठ बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

बाढीले गोठमा रहेका पशुचौपायासहित विभिन्न सामान बगाएको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad