कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई इलाम प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–५ बस्ने वर्ष ७६ को तील बहादुर गुरुङ रहेका छन्।
जिल्ला महरी कार्यालय इलामका अनुसार गुरुङविरुद्ध जिल्ला अदालत इलामबाट २०३८ साल जेठ १२ गतेको फैसलाले १० वर्ष कैद तोकिएको थियो।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष टोलीले सन्दकपुर गाउँपालिका–५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।
उनलाई जिल्ला कारागार इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले जनाएका छन्।
5.0k
Shares

प्रतिक्रिया