समाज


संरक्षणको पहल नभए केही वर्षमै जलपन्छीहरू लोप हुने खतरा

संरक्षणको पहल नभए केही वर्षमै जलपन्छीहरू लोप हुने खतरा

नेपालखबर
असार १९, २०८२ बिहिबार २१:५६, तानसेन (पाल्पा)

केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज  देखिन छाडेका छन्। यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन्। 

खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्लाहरु सिमसार मासिँदै गएपछि देखिन छाडेका स्थानीय बताउँछन्। अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन्। 

बर, पिपल, समी, सिमल जस्ता अग्ला रुखहरुमा सेताम्ये देखिने बकुल्लाहरु एकाएक हराउँदै गएको दमकडाका प्रकाश नेपाल बताउँछन्। 

उनले भने, ‘जबजब फाँटहरुमा धान रोप्ने समय हुन्छ तब बकुल्लाहरु खेतका छेउछाउमा सेताम्मै देखिन्थे, तिनीहरु धान नकाट्दासम खेतमै भेटिन्थे तर हिजो आज छैनन्।’ बकुल्लाले पानीभित्र माछा तथा चिस्यानमा बस्ने भ्यागुता, गङ्गटा, सानासाना सर्प शिकार गर्छन्।

हिजो आज खोला र सिमसारहरु मासिँदै जाँदा तिनीहरु पनि हराउँदै गएको उनको भनाइ छ।

‘पहिले–पहिले यहाँका सिमलका रूखहरू कुनै खाली हुँदैन थिए। सबैमा सेताम्ये बास बसेको देखिन्थ्यो। यी एकाएक हराए’, उनले भने, ‘अन्न बालीमा विषादीको प्रयोगका कारण माछा पाउनै कठिन भयो। आहारामा कमी आएकोले कमी आउँदै गएको हो।’

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्ला जस्ता जलपन्छी वर्सेनि घट्दै गएको चराको अध्ययनमा जुट्नुभएका विष्णु अधिकारीले बताए। खोला र सिमसार क्षेत्रको विनासले माछाहरु मर्दै जाँदा आहारमा कमी आएकाले जलपन्छी वर्सेनि घट्दै गएको उनको भनाइ छ। 

उनले भने, ‘वासस्थान विनाश र आहार नहुनु नै बकुल्ला घट्नुको मुख्य कारण हो।’ 

संरक्षणको पहल भएन भने अबको केही वर्षमा जलपन्छीहरू पूर्णरूपमा लोप हुने उनले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad